१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स

मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी
अ अ+ अ-

पर्वत । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको ।

बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उहाँको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित हुनुुहन्छ । यसअघि उहाँ कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिनुभएका तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो ।

तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित हुनुभएको छ । सुरुमा उहाँले मौरीपाल्न थाल्नुभयो । जब माहुरीको घार र महको माग बढ्न थाल्यो, उहाँले आफ्नो व्यवसायलाई विस्तार गर्दै लानुभएको हो ।

पहाडी भेगमा अनुकूल हुने एपी सेरेना जातको मौरी पाल्नुभएका तिमिल्सिना यो व्यावसायवाट गतिलो कमाइ गर्न सफल भएको बताउनुहुन्छ । तिमिल्सिना भन्न्नुहुन्छ, “यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्षमात्र उहाँले एक सयभन्दा बढी माहुरीका घार बिक्री गर्नुभएको थियो ।

बगैँचामा अहिले ३५ वटा घारको स्याहार उहाँले गर्नुहुन्छ । घारको सङ्ख्या धेरै भए पनि गत बर्खामा घरको आँगनसम्मै आएको केरुङ्गाको विशाल पहिरोले केही घार बगायो । केही अरिङ्गाल चराले नष्ट गरे । गत वर्षमात्र ६० मध्ये ४० घार अरिङ्गालले खाइदिएको उहाँले बताउनुभयो ।

अहिले वर्षमा दुई सय किलो जति मह उत्पादन हुन्छ । मह प्रतिकिलोको रु एक हजार ५०० मा बिक्री हुन्छ । गाउँलेसहित पालिका र जिल्लाका विभिन्न कार्यालयका कर्मचारी महका ग्राहक हुन् । केही वर्ष अगाडि मौरीपालनबाटै वार्षिक रु १५ लाखसम्म कमाउनुभएका उहाँको आम्दानी भने पहिलेको जस्तो छैन । जलवायु परिवर्तन, शत्रु जीव र कीराको आक्रमण, जग्गा बाँझो रहनुलगायत कारण मौरीपालनमा कठिनाइ भएको तिमिल्सिनाको अनुभव छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थाल्नुभएका उहाँ जिल्लाकै नमूना मौरीपालक किसान हुनुहुन्छ । उहाँले उत्पादन गरेको मह धेरै मात्रामा घरबाट नै बिक्री हुने गरेको छभने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको छ । कुश्माबजार, बागलुङ, क्षेत्रबाट पनि व्यावसायी घरमा नै आएर मह लैजाने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु १० हजार र मह प्रतिकिलो रु एक हजार ५०० मा बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने भएकाले सागसब्जीखेती, पशुपन्छी तथा कुखुरापालनमाजस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।