काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबीच भएको सहमति अनुमोदन गरेर बैठक सकिने छ ।
माओवादी केन्द्रले पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने जनाएको छ ।










