२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध



अ+ अ-

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिनुभयो ।

सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल–चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध छन् ।

यस्तै, बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।