७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात नगरपालिका उत्कृष्ट घोषित, ‘स्थानीय सरकार’ भन्न दलीय सहमति आवश्यकः प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौंः नेपाल नगरपालिका संघले विभिन्न पाँच विधामा सात नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।संघले उत्कृष्ट घोषणा गरेका नगरपालिकाहरुमा वालिङ, पुतलीबजार, निकलण्ठ, इलाम, हरिवन, तिलोत्तमा र राप्ती नगरपालिका रहेका छन् ।

संघका अनुसार, संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका, शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन, वातावरण, जलवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट देखिएका छन् ।

साथै, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका तथा सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट ठहरिएका छन् ।

नेपाल नगरपालिका संघको २९ औ साधारणसभाको अवसरमा उत्कृष्ट नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । 

संघको साधारणसभाको अवसरमा प्रमुख अतिथिका रुपमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयरलाई प्रमाणपत्रसहित पुरस्कृत गर्नु भएको थियो । 

उक्त पुरस्कार इलाम नगरपालिकाका मेयर महेश बस्नेत, राप्तीकी प्रभा बराल, हरिवनका गणेश प्रसाई, पतुलीबजारकी सीमा क्षेत्री, बालिङका दिलिप खाँण, निलकण्ठका भीम ढुंगाना र तिलोत्तमाका मेयर बासुदेव घिमिरेले  ग्रहण गर्नु भएको थियो । 

त्यस अवसरमा समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्न आफूलाई कुनै आपत्ति नरहेको बताउनु भएको थियो । प्रधानमन्त्री देउवाले स्थानीय सरकार बनाउन दलीय सहमति जुट्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा वक्ताहरुले संविधानले तीन तहको सरकारको परिकल्पना गरेपनि स्थानीय  ‘सरकार’ नभनेर तहमात्रै भन्नु उपयुक्त नहुनेमा जोड दिएका थिए ।