२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिनुभएको छ ।

निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्नलायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

निगम व्यवस्थापनमा आबद्ध अधिकारीहरूलाई आज आफ्नो कार्यकक्षमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निगमका विमानको नियमित मर्मतसम्भारलगायत काममा बेथिति रोक्ने, आर्थिक अनियमितता हुन नदिने, सुशासन कायम गर्न जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै उहाँले राजनीतिक दबाबमा नपरी काम गर्न निर्देशन दिनुभयो ।

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम रु १७ अर्ब भन्दा बढीको सञ्चित नोक्सानीमा रहेको जानकारी दिनुभएको थियो ।

त्यस अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उपस्थित हुनुहुन्थ्यो ।