१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन

काँग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः विश्वप्रकाश शर्मा

काँग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः विश्वप्रकाश शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताउनुभएको छ ।

पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला उहाँको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले पार्टी भित्र फरक मत विगत, विगत र भविष्यमा पनि रहने तर्क गर्दै त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने बताउनु भयो । उहाँले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुंगो लगाउन महासमिति सदस्यहरुको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रश्ताव समेत गर्नुभयो । महाधिवेशन प्रतिनिधि वा केन्द्रिय समितिको सुझावलाई नमान्ने हो भने महासमितीको सुझावको आधारमा महाधिवेशनको मितिबारे टुंगो लगाउन उपयुक्त हुने उहाँको भनाई थियो ।

महामन्त्री शर्माले भन्नुभयो,‘जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि । जस्तो मोही पार्न पनि के हुन्छ भने हल्का फिटदा त हल्का पिउने मोही हुन्छ । तर, राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निस्कन्छ । नेपाली काँग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो । त्यस हिसावले खोज्ने हो भने सबभन्दा पहिले भदौ २३ र २४ को घटनापछि सबै भन्दा पहिले २५ गते बक्तव्य कसेको थियो, काँग्रेसको नै थियो । त्यस लगत्तै सबैभन्दा पहिले जुम बैठक कसेको भएको थियो ? काँग्रेसकै भएको थियो । सबभन्दा पहिलो प्रतिनिधिसभा विघटन संविधान सम्मत छैन भनेर जुम बैठकको निर्णय कसले सार्वजनिक गरेको थियो ? काँग्रेसले गरेको थियो । सबैभन्दा पहिले भौतिक रुपमा असोज ३ गते बैठक कसले गरेको थियो ? केन्द्रिय कार्यालयमा खरानी पन्छाउँदै काँग्रेसले नै गरेको थियो ।

अहिले हामीले समय लगाएर गर्नुको पछिल्तिर पनि कारणहरु छन । सबैलाई एकतावद्ध गर्नु छ । फरक फरक विचारहरु छन । सबैलाई एक ठाउँमा राख्नु छ । मन्थन गर्नुछ । त्यसले गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौ । काँग्रेस फुटछ भनेर कसैले कल्पना नगरे हुन्छ । नेपाली काँग्रेस भित्र फरक फरक मतहरु विगतमा पनि थिए । अहिले पनि छन । भविष्यमा पनि रहन्छन । नेपाली काँग्रेस पार्टी भित्रको सौन्दर्यलाई हेर्नु न  । पार्टीको आदरणीय सभापतिजीले अहिलेको राष्टिङय परिस्थिति ध्यानमा राखेर मैले पोष्ट गर्दा पनि भनेको थिए–केन्द्रिय समितिमा बहुमत त छदैथियो त । केन्द्रिय समितिको बैठक बसेर तपाई छोडनुस भन्न परेन त । देशभरका महाधिवेशन प्रतिनिधिहरु हस्ताक्षर गर्दै हुनुहुन्थ्यो । दर्ता गरेकै थिएन त । कुन राजनीतिक दलमा देख्नुभएको छ ।

फष्ट म्यानले अहिलेको परिस्थितिमा म मेरो काँधको जिम्मेवारी अरुलाई सुम्पिन्छु भनेर कुन राजनीतिक दलको देख्नु भएको छ । कुनैको पनि छैन । त्यसैले नेपाली काँग्रेस पार्टी त अत्यन्तै परिपक्व र जिम्मेवार ढंगले अहिलेको विषयबस्तु र समयलाई हेर्छ । त्यो हेर्ने कार्यक्रमको सुरुवात नेपाली काँग्रेस पार्टी सभापतिको सारगर्वित स्टेटमेन्टबाट भईसकेको छ । अहिलेको कार्यबाहक सभापति पूर्णबहादुर खड्कोको नेतृत्वमा हामी छलफलहरु गरिरहेका छौं । छलफलहरु हुन दिनुस । फरक फरक विचार छन । फरक फरक विचार राख्दै गर्दा मध्यमार्गी ढंगको कुरा मैले राखिरहेको तपाईहरुले सुन्नु भएकै छ । कसैले मंसीरमा नै गरौ भन्ने होला । कसैले बैशाखमा पु¥याउ भन्नु भयो होला । मैले के भनेको छु भने मंसीरमा गर्न ढिलो हुन लाग्यो । चार वटा विकल्प छन । मंसीरमा नै महामन्त्री गगन थापाले राखेको प्रस्ताव अनुसार जाउ, त्यो पनि ठिक छ । हुन्न भने विशेष अधिवेशन दुई वटा तरिकाले गर्ने । एउटा केन्द्रिय समितिले बोलाउने ।

अर्को महाधिवेशन प्रतिनिधिहरुको ४० प्रतिशत मतको आधारमा गर्ने । त्यो पनि नभए पुसको १६, १७, १८, १९ विपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो । जुन दिन हो । त्यही ऐतिहासिक दिनको दिन गरौ भने । त्यसमा आज मैले थप के कुरा भनेको छु भने भोलीदेखि बैठक बस्ने कुरामा सहमतीपूर्वक प्रस्ताव लिएर जाउ । मंसीर वा बैशाख कहिले गर्ने भनेर सहमतीपूर्वक प्रस्ताव लिएर जाउ । तर महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । त्यसलाई केन्द्रमा राखेर जाउ । त्यो गर्न सकिएन भने केन्द्रिय समितिको बहुमत आफ्नो ठाउँमा छ । महाधिवेशन प्रतिनिधिको बहुमत आफ्नो ठाउँमा छ । दुवै यो ठाउँमा समाउने भन्दा मध्यमार्गीबाट यी दुवै भन्दा माथि महासमिति छ । डिजिटल भोटिङ सिष्टमबाट जान सकिन्छ । महासमितिमा युरोप अमेरिकादेखि खाडी मुलुकसम्म रहेका ताप्लेजुङदेखि दार्चुलासम्म रहेका, मुस्ताङदेखि महोत्तरीसम्म रहेका साथीहरुको भावनालाई डिजिटल प्रक्रियाबाट पुसको १६, १७ तिर गर्ने कि बैशाखमा पु¥याउने भनेर हामीले राय लिन सक्छौं । यो कुरा मैले आजको बैठकमा पनि भनेको छु ।’

महामन्त्री शर्माले आफूहरुले विपी कोईरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर आगामी पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रश्तावमा जोड दिएको समेत बताउनु भयो ।