३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलन संस्थागत नयाँ जनादेशबाट मात्रै हुन्छः जेन–जी प्रतिनिधि अहमद



अ+ अ-

काठमाडौँ । जेन—जी आन्दोलनलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको जेनजी अभियान्ताहरुले बताउनुभएको छ ।

काठमाडौंमा शनिवार आयोजित ‘जेनजी विद्रोह र अबको बाटो’ नामका कार्यक्रममा सहभागीहरुले निर्वाचनबाट कोही भाग्न नहुनेमा जोड दिनुभयो । जेन—जी प्रतिनिधि संसाद अहमदले समाजका भएको भ्रष्टाचार, बेरोजगार, समाजिक विभेदका कारण भदौ २३ गते जेन—जी विद्रोह भएको बताउनुभयो । उहाँले जेन—जी विद्रोहलाई संस्थागत गर्ने अबको मुल बाटो नै चुनाव भएको जिकिर गर्नुभयो । निर्वाचनपछि आएको जनादेशले जेनजी आन्दोलनलाई संस्थागत गर्ने उहाँको भनाई छ । उहाँले केही जेन—जी प्रतिनिधिहरु चुनाव भाँड्न प्रयासरत रहेको उल्लेख गर्दै सबैले चुनावमा सहभागी हुनुपर्ने बताउनुभयो ।

जेन—जी प्रतिनिधि मोनिकाले नेपालमा केही गर्ने वातावरण नभएको र सामान्य जीवन बाच्नको लागि पनि विदेशीनुपर्ने स्थितिको कारण विद्रोह भएको बताउनु भयो । सत्तामा भएका व्यक्तिहरुले भ्रष्टाचार र कुशासनको माध्यमबाट सामाजिक, आर्थिक, राजनितिक र पर्यावरणीय अन्यायलाई संस्थागत गरेको उहाँको आरोप छ । सोही कारण युवाहरुमा निराशा आएको र विद्रोह भएको उहाँले बताउनु भयो ।

जेनजी प्रतिनिधिहरुले भदौ २३ मा राज्यले गरेको दमनको कारण भदौ २४ को घटना भएको बताउनुभएको छ । भदौ २४ लाई मात्रै उचालेर जेन—जीहरुको बलिदानीलाई दबाउन खोजिएको पनि उहाँहरुको आरोप छ ।