१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से पुगेर लगानीकर्ताले भने– सेयर बजार बन्द गरियोस



अ+ अ-


काठमाडौं । सेयर मार्केटका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय नेप्से पुगेर सेयर बजार बन्द गराउन माग गरेका छन् ।
प्रधानमन्त्रीले निर्देशन दिदा समेत बजार बन्द नगरिएकोमा उनीहरुले सो माग गरेका हुन् । लगानीकर्ताहरु आइतबार बिहानै नेप्सेको कार्यालय पुगेर कोरोनाको महामारी फैलन सक्ने भन्दै यस्तो माग गरेका हुन् ।
सेयर बजारका लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, तथा नेपाल पुँजी बजार संघले बजार बन्द गराउन आग्रह गरेको छ ।


कारोबार खुला भइरहे कोरोनाको उच्च जोखिम रहने उनीहरुको भनाई छ । लगानीकर्ताहरुले तत्कालै केही समयका लागि बजार बन्द गराउन आग्रह गरेका समाचारमा जनाइएको छ ।
लगानीकर्ताहरुको आग्रह पछि नेपाल धितोपत्र बोर्डले ब्रोकर कार्यालयमा स्क्रीन हेरेर गरिने कारोबार बन्द गराइसकेको छ । इन्भष्ेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सेयर बजार अत्यावश्यकमा नपर्ने भएकाले प्रधानमन्त्रीले दिएको निर्देशन पालना गरेर बन्द गर्नुपर्छ भने ।
अनलाइन कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थोरै रहेको भन्दै बजार खुला राख्नुको अर्थ नरहेको उनीहरुको भनाई छ । करिब २० लाख लगानीकर्तामा २० हजार पनि अनलाइन प्रयोगकर्ता नरहेको भन्दै बजार बन्द गराउनुको विकल्प नरहेको लगानीकर्ताहरुको माग छ ।
नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजार बन्द गराउने कि नगराउने भन्ने विषयमा छलफल भइरहेको जानकारी सो अवसरमा लगानीकर्ताहरुलाई दिएका थिए ।