२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जीको कुनै एजेण्डा छैन, यो भीड मात्रै होः मोहनविक्रम सिंह



अ+ अ-

काठमाडौँ । अग्रज नेता मोहनविक्रम सिंहले जेन जीको कुनै एजेण्डा नै नरहेको बताउनुभएको छ ।

रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जीका नाममा अहिले धेरै मागहरु आइरहेको भएपनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताउनु भयो । उहाँले कसैले पूर्ण समानुपातिक भन्ने गरेपनि केहीले त्यसको विरोध गरेको बताउनु भयो । जेन जीको एउटै समूह नभएको र मन्त्री, प्रधानमन्त्री बनाउँदा समेत विरोध भएको बताउनु भयो । जेन जी कुनै संगठित समूह नभइ भीड मात्रै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जेन जीका नाममा कयौँ मागहरु आइरहेका छन् । कसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेका छन् । कसैले यसमा विरोध गरेका छन् । कसैले पूर्ण समानुपातिक भनेका छन् । जेन जीको एउटै समूह छैन । जेन जीको कुनै नीति छैन । २५ वटा समूह छन् । उनीहरुबीच नै एकता छैन । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए, नाराबाजी भयो । मन्त्री बनाउँदा विरोध हुन्छ । जेन जी भनेको कुनै संगठित समूह होइन, यो भीड हो । कुनै नारा छैन । जेन जीको कुनै नारा नै छैन ।’

उहाँले तत्काल वाम एकताको अवस्था नरहेको जिकिर गर्नुभयो । संसदलाई अवैधानिक रुपमा विघटन गरिएको बताउनु भयो । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास रहेको बताउनु भयो ।