१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले यस्ता डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाउने



अ+ अ-

काठमाडौं । सरकारले सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ । आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडी/एमएस अध्ययन सकेका डाक्टरलई आवश्यकताअनुसार परिचचालन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्रीहरुलाई प्रदेश अन्तर्गत संलग्न सूचीअनुसार सरकारी छात्रवृत्तिमा अध्ययन गरी अध्ययन पश्चात कार्यरत एमबीबीएस र एमडीरएमएस शैक्षिक योग्यता भएका डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार परिचालन गर्न पत्र लेखेको छ ।

त्यस्तै हाल मेडिकल कलेजहरुमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगीको रुपमा परिचालन गर्न आग्रह गरेको छ ।