२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कार्यालयका सबै नियमित सेवा बन्द



अ+ अ-

काठमाडौं । देशभरिका सरकारी कार्यालयमा नियमित सेवा बन्द भएका छन् । कार्यालयले अत्यावश्यक बाहेकका नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका लागि सेवा बन्द गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भूषालले प्रधानमन्त्रीको सम्बोधन बमोजिम नै कार्यालयले दिने सेवाहरु स्थगित गरिए पनि कार्यालय सञ्चालनमा रहने र कर्मचारी समेत नियमित आउनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी अत्यावश्यक बाहेकको सेवाहरु तात्कालका लागि बन्द गरिएको जनाएको छ ।

जिल्ला प्रशासन, मालपोत, यातायात व्यवस्थासहितका कार्यालयहरुमा दैनिक रुपमा सयौं सेवाग्राही सेवा लिन उपस्थित हुँदै आएका छन् । सेवाग्राहीको भिडले कोभिड–१९ को संक्रमण फैल्ने सम्भावना उच्च रहँदा भिडभाड नहुने गरी नियमित कामकाज स्थगित गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी भूषालले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्नुभएको सम्बोधनमा सबै सरकारी कर्मचारीहरु र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरुले यथावत् रुपमै आ आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्न आग्रह गर्नुभएको थियो ।