१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग प्रधानमन्त्रीले किन गरे २ घण्टा भेट?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे जानकारी गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको दुई घण्टा लामो भेटबार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो अवस्थाबारे सबिस्तार जानकारी गरेका हुन् ।

मिर्गौला पुनः प्रत्यारोपण गरेर फर्किएपछि राष्ट्रपतिसँग प्रधानमन्त्रीको पहिलो भेट हो । यसअघि राष्ट्रपतिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रप्रमुखलाई देशको समसामयिक अवस्थाबारे जानकारी गराउने नियमित प्रक्रिया अनुसार नै मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको भेटघाट भएको जानकारी दिए ।