१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीको परिस्थितिमा सुधार देखिएन, काेराेनाबाट आइतबार पनि ६५१ जनाको मृत्यु



अ+ अ-

काठमाडौं

युरोपमा प्राणघातक कोरोना भाइरसको सर्वाधिक प्रभाव परेको इटालीमा मृतकको संख्या लगातार बढ्दै गएकाे छ । शनिबार एकै दिन ७९३ जनाको ज्यान गएको इटालीमा आइतबार पनि ६५१ जनाकाे मृत्यु भएकाे छ । मृतकमध्ये अधिकाँश बुढ्यौली उमेरका र मधुमेह, मुटुराेग, श्वासप्रश्वास, क्यान्सर जस्ता अरू दिर्घ राेगबाट पीडित मानिसहरू रहेका छन् ।


इटालीको सेनाले शवहरू उठाएर शवदाह गृहसम्म लैंजादै गरेको दृश्य । तस्वीरः इपिए

कोरोनाभाइरसको तथ्याँक सार्वजनिक गरिरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार, इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । दाेस्राे स्थानमा रहेकाे चीनमा हालसम्म ३ हजार २६१ जनाको ज्यान गएको छ ।

इटालीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ५ हजार ५६० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार १३८ छ । यीमध्ये अझै ३ हजारको अवस्था गम्भीर रहेको छ ।

इटालीको उत्तरी लोम्बार्डी क्षेत्रमा बढी प्रभाव देखिएको कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको अन्तिम संस्कार गर्ने ठाउँको समेत अभाव हुन थालेको भन्दै यहाँ चिन्ता व्यक्त गरिएको खबर छ ।

युरोपका अन्य कतिपय देशको अवस्था पनि नाजूक बन्दै गएको छ । स्पेनमा १७५६, जर्मनीमा ९२, फ्रान्समा ५६२, बेलायतमा २८१, नेदरल्यान्ड्समा १७९, बेल्जीयममा ७५, स्वीडेनमा २१ जनाको मृत्यु भएको छ । यी मुलुकमा लकडाउन गरिए पनि मृतकको संख्या र संक्रमितको संख्या निरन्तर बढेको छ । स्पेनमा आइतबार एकै दिन ३७५ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्याका दृष्टिले चीन र इटालीपछि अमेरिका पुगेको छ । यहाँ आइतबारसम्ममा करिब ३२ हजार ८००० व्यक्ति संक्रमित भएका छन् । अमेरिकाका कैयौं राज्यमा लकडाउन गरिए पनि अाइतबार एकै दिन ८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

एसियाली मुलुकहरू इरानमा १ हजार ६८५ जनाकाे मृत्यु भइसकेकाे छ । दक्षिण काेरियामा १०६, इन्डाेनेसियामा ४८, जापानमा ३६, फिलिपिन्समा २५, इराकमा २०, मलेसियामा १०, भारतमा ७ र सिंगापुरमा २ जनाकाे ज्यान गएकाे छ ।