२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद र सिडिओले नै अफवाह फैलाए



अ+ अ-


काठमाडौँ । नेपालमा कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रबाट अफवाह फैलाइएको बताइएका बेला यहाँ सांसद र सिडिओले नै यस्तो अफवाह फैलाएको पाइएको छ । संघीय सांसद प्रदीप यादव, पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतले नै कोरोना भाइरसबारे अफवाह फैलाएको समाचार आजको नयाँ पत्रिकामा छ ।


उनीहरुले वीरगञ्जका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । पटना अस्पतालमा उपचाररत ती बिरामीमा कोरोना पोजेटिभ देखिएको भन्दै सांसद यादवले फेसबुक स्टाटस राखेका थिए भने सीडीओ र सहायक सीडीओले सन्चारकर्मीलाई पनि कोरोना देखिएको भनेर जानकारी दिएका थिए । त्यसपछि धेरैजसो मिडियाहरुले उनीहरुलाई नै उद्धृत गर्दै समाचार छापेका थिए । तर संक्रमित भनिएका शिव रुंगटाको रिपोर्ट नेगेटिभ आएको सो अस्पतालले पुष्टि गरेको छ ।