१२ असार २०८३, शुक्रबार
,
Latest
स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसोलेसनमा भर्ना भएका ५ जनामा देखिएन कोरना



अ+ अ-

बुटवल । कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकामध्ये पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनिहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका ९ जनालाई फागुन २९ गतेदेखि चैत ९ गतेसम्म आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गरिएको थियो । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा पाचँ जनाको ‘नेगेटिभ’ रिपोर्ट आएको हो । बाँकी चार जनाको रिपोर्ट आउन बाँकी रहेको महतोले बताए ।

कोभिड १९ को संक्रमण नभएको पुष्टि भएका पाँचैजना डिस्चार्ज भएर घर फर्किसकेको उनले जानकारी दिए ।