६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।

दुबईस्थित आईसीसी एकेडेमीमा कप्तान रोहितले १२६ बलमा आफ्नो शतक पूरा गरेक हुन् । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

योसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन् । यसअघि, उनले सन् २०२२ को मार्चमा त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध पहिलो एकदिवसीय शतक बनाएका थिए ।

जारी खेलको ४७ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर २०७ रन बनाएको छ । रोहितसँर्गै क्रिजमा सोमपाल कामी ६ रन बनाएर खेलिरहेका छन् ।