काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा कप्तान रोहितले १२६ बलमा आफ्नो शतक पूरा गरेक हुन् । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरे ।
योसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन् । यसअघि, उनले सन् २०२२ को मार्चमा त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध पहिलो एकदिवसीय शतक बनाएका थिए ।
जारी खेलको ४७ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर २०७ रन बनाएको छ । रोहितसँर्गै क्रिजमा सोमपाल कामी ६ रन बनाएर खेलिरहेका छन् ।










