२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन



अ+ अ-

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

सोमबार बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो । समिति सभापति लक्ष्मणल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको बताउनुभयो ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डे विरुद्ध समितिमा कुनै पनि उजुरी परेन् । संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो । सो समयमा कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।

प्रस्तावित राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वनय र समयसीमा भित्र काम सक्न अवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाल र चीनबीच निरन्तर उच्चस्तरि तथा औपचारिक र अनौपचारि भ्रमणको आदान प्रदान गराउन प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । पाण्डेले चीनको राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक अवस्थ, प्रवृति तथा परिवर्तनको अध्ययन गरी नेपालमा पर्न सक्ने असर र सम्भावनाको विश्लेषण गरी परराष्ट्र मन्त्रलय मार्फत नेपाल सरकारलाई प्रत्येक महिना प्रतिवेदन पेश गर्ने बताउनुभएको छ ।

पाण्डले चिनियाँ लगानीकर्तालाई नेपालको जलस्रोत, कृषि, भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । नेपाली उत्पादनका लागि स्थानीय बजार खोजी गरी निर्वाध र सौविध्यपूर्ण निर्यातको वातावरण बनाउन लागिपर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ । समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राजदूतमा नियुक्त गर्नुहुनेछ ।