३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा आक्रमण गरेपछि इजरायलद्वारा युद्धविरामको ‘नयाँ अध्यायको’ घोषणा



अ+ अ-

इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको“ घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत इजरायल सेना ९आईडीएफ० ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राजनीतिक नेतृत्वको निर्देशनमा “आतंककारी साइटहरू“ र हमासका कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

मङ्गलबार इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेतान्याहूले सेनालाई “गाजा पट्टीमा तुरुन्तै बलपूर्वक आक्रमण गर्न“ निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आईडीएफले इजरायली सुरक्षा एजेन्सी ९आइएसए० सँगको समन्वयमा कमान्ड समालिरहेका ३० जना हमास आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेकोसमेत बताएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले पुनः हवाई आक्रमण गरे पनि गाजा युद्धविराम कमजोर नहुने बताउनु भएको छ ।