२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना फैलिनुमा एसियाली मूलका अमेरिकीको हात छैन- राष्ट्रपति ट्रम्प



अ+ अ-

कोरोनाभाइरस (कोभिड–१९) लाई चिनियाँ भाइरसको संज्ञा दिएर आलोचना खेपिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीका लागि एसियाली मूलका अमेरिकी नागरिकहरुलाई दोष दिन नमिल्ने बताएका छन् ।

एसियन अमेरिकनहरुलाई ‘अद्भुत मानिस’ को संज्ञा दिँदै ट्रम्पले उनीहरुको सुरक्षा गर्नु महत्वपूर्ण रहेको बताए । एसियाली मूलका अमेरिकी नागरिकहरुमाथि मौखिक र भौतिक आक्रमण बढ्न थालेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिका यतिबेला कोरोनाभाइरसको महामारीसँग लडिरहेको छ । देशमा हालसम्म यस भाइरसको संक्रमणबाट ४३ हजारभन्दा बढी संक्रमित बनिसकेका छन् भने ५ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।

सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिका र विश्वभर रहेका हाम्रो एसियन अमेरिकन समुदायको रक्षा गर्नु महत्वपूर्ण छ । उनीहरु अद्भूत मानिसहरु हुन् र भाइरस फैलनुमा उनीहरुको कुनै दोष छैन ।’

ट्रम्पले एसियन अमेरिकनमाथि आक्रण बढेको आफूलाई मन नपरेको बताउँदै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।
सान फ्रान्सिस्को स्टेट यूनिभर्सिटीले गरेको एक अध्ययनमा एसियाली मूलका अमेरिकीहरुमाथि कोरोनभाइरससम्बन्धित भेदभावबारेको समाचारमा ५० प्रतिशतले वृद्धि भएको देखिएको थियो ।
गत हप्ता ट्रम्पले कोरोनाभाइरसलाई ‘चाइना भाइरस’ र ‘चिनियाँ भाइरस’ भनेका थिए । ‘यो भाइरस चीनबाट आएको हो । यो शब्द रंगभेदी हुँदै होइन,’ ट्रम्पको भनाइ थियो । एजेन्सीको सहयोगमा