२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार वार्ता बहिष्कार गर्न जेन जेड २.० को आह्वान, प्रदर्शनको तयारी



अ+ अ-

काठमाडौं: सरकारले आजका लागि आह्वान गरेको सरकार, दलहरु र जेन जी बीचको वार्ताप्रति असन्तुष्टि जनाउँदै एक समूहले वार्ता बहिस्कार गरेको छ ।

जेन जेड २.० का प्रवक्ता अविन मेयाङ्ग्बोले सरकारले आफ्ना निकटलाई मात्र बोलाएर निर्वाचनका विषयमा सीमित संवाद गरिरहेको अवस्थाको बिरोध गरिएको बताएका छन् ।

उनले यस्तो एकपक्षीय वार्तालाई बहिष्कार गर्ने निर्णय गरेको र “राष्ट्रिय एकता” सम्बन्धी ब्यानर र प्ले कार्डहरू सहित प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनको तयारी गरिएको बताए ।

यस्तो वार्ता प्रत्यक्ष रूपमा हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो, उनले भनेका छन् । ३.४५ बजे सबै जना बालुवाटारमा भेला हुनलाई हार्दिक अनुरोध गर्दछौं, उनले भनेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेन जी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।

यो पनि पढ्नुहोस् – त्रिपक्षीय छलफलमा दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४:०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुँदैछन् ।

जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ ।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।