२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट पाँचथरका सुब्बाको मृत्यु



अ+ अ-

न्यूयोर्क । अमेरिकामा कोरोना संक्रमणबाट पाँचथर घर भएका एक नेपालीको मृत्यु भएको छ । सोमबार उपचारका क्रममा ५० वर्षीय अनिल सुब्बाको न्यूयोर्कस्थित अस्पतालमा मृत्यु भएको हो ।

एक छोरा र दुई छोरीसहित १५ वर्षअघि अमेरीका गएका सुब्बा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली मूलका नागरिक हुन् । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।

पाँचथरको रानीगाउँमा जन्मेका सुब्बा १५ वर्षदेखि अमेरिकामा भाडाको ट्याक्सी चलाउने उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।