१२ असार २०८३, शुक्रबार
,
Latest
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित तेस्रो व्यक्ति कतारबाट आएर होटलमा बसेका थिए



अ+ अ-


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित तेस्रो व्यक्ति यही चैत ६ गते कतारबाट नेपाल आएका बताइएको छ । सो कुराको जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार दिएका हुन् । ती संक्रमित युवक ३२ वर्षका हुन् । धादिङका उनी आफूलाई असहज भएपछि उपचारका लागि अस्पताल पुगेका र स्वास्थ्य परीक्षणपछि पनि पुनः होटलमै गएर बसेका थिए ।

मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनको संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । मंगलबार राति नै उनको रिपोर्ट पोजेटिभ आको हो । त्यसपछि बुधबार बिहान उनलाई अस्पताल भर्ना गरिएको हो । उनी कुन जहाजमा आएका हुन् र काठमाडौँको कुन होटलमा बसेका थिए भन्ने बारेमा भने केही बताइएको छैन । उनी बसेको होटल र अन्य आफन्तहरुको चेकजाँच के भइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन ।