२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने



अ+ अ-

मस्को। उत्तर कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रेमलिनमा भेटवार्ता गर्ने भएका छन् ।

रुसका विदेशमन्त्री चो सोन हुईले रुसको राजधानी भ्रमणका क्रममा रुसी समकक्षी सर्गेइ लाभरोभसँग सोमबार नै भेट भएको र भेटमा प्योङयाङ र मस्कोबीचको आध्यात्मिक निकटताको प्रशंसा गरेकी थिइन् ।

पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए भने प्योङयाङले पश्चिमी कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँग लड्न मस्कोको सेनालाई मद्दत गर्न हजारौं सेना पठाएको थियो। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी नेता पुटिनले चोईलाई स्वागत गरी समसामयिक बिषयमा छलफल गर्ने बताएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले मस्कोसँग सैन्य सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाएको केही दिनपछि भएको यो भ्रमण दुई देशबीचको कूटनीतिक आदानप्रदानको लागि महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा उत्तर कोरियाले गरेको छ ।  (रासस/एएफपी)