१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित युवतीसँगै आएका थप पांँचजना आइसोलेसनमा



अ+ अ-

चितवन । कोरना सक्रमित युवतीसंँगै कतार एयरवेजबाट आएका पांँच यात्रु सम्पर्कमा आएका छन् । बुधबार चितवनका पांँच यात्रु भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका हुन्।

प्रहरीले उनीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेपछि अपराह्न सम्पर्कमा आएका हुन् । अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले विज्ञप्ति जारी गर्दै पाँच जनालाई बुधबार कोरोना विशेष अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

कोरोना विशेष अस्पतालमा भर्ना हुनेमा सुरेश गुरुङ, बुद्धीराज कोइराला, सञ्जु कँडेल कोइराला, शम्भु नेपाली र पार्वती नेपाली छन् । सम्पर्कमा आएका ५ जना अहिले अस्पतालको आइसोलेसन वार्डमा छन् ।

सोही विमानबाट आएकी दीक्षा कँडेल भने अहिलेसम्म सम्पर्कका नआएको प्रहरीले जनाएको छ । संक्रमण थप फैलिन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालयलाई उनीहरूको विस्तृत विवरण उपलब्ध गरिदिन प्रहरीले पत्राचार गरेको थियो ।