२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित युवतीसँगै आएका थप पांँचजना आइसोलेसनमा



अ+ अ-

चितवन । कोरना सक्रमित युवतीसंँगै कतार एयरवेजबाट आएका पांँच यात्रु सम्पर्कमा आएका छन् । बुधबार चितवनका पांँच यात्रु भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका हुन्।

प्रहरीले उनीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेपछि अपराह्न सम्पर्कमा आएका हुन् । अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले विज्ञप्ति जारी गर्दै पाँच जनालाई बुधबार कोरोना विशेष अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

कोरोना विशेष अस्पतालमा भर्ना हुनेमा सुरेश गुरुङ, बुद्धीराज कोइराला, सञ्जु कँडेल कोइराला, शम्भु नेपाली र पार्वती नेपाली छन् । सम्पर्कमा आएका ५ जना अहिले अस्पतालको आइसोलेसन वार्डमा छन् ।

सोही विमानबाट आएकी दीक्षा कँडेल भने अहिलेसम्म सम्पर्कका नआएको प्रहरीले जनाएको छ । संक्रमण थप फैलिन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालयलाई उनीहरूको विस्तृत विवरण उपलब्ध गरिदिन प्रहरीले पत्राचार गरेको थियो ।