१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेलको मूल्य प्रतिब्यारेल २० डलरभन्दा कम हुने गोल्डम्यानको भविष्यवाणी



अ+ अ-

न्यूयोर्क

कोरोनाभाइरसका कारण विश्व बजारमा तेलको मूल्यमा गिरावट आउनेक्रम जारी छ । यसैबीच गोल्डम्यान स्याक्सले तेलको मागमा तिब्र गिरावट आएको भन्दै आगामी दिनमा तेलको मूल्य प्रतिब्यारेल २० डलरभन्दा कम हुने भविष्यवाणी गरेको छ ।

तेल उत्पादक कम्पनीहरुले तेलको उत्पादन पनि घटाएका छन् भने कतिपय तेलकुवा बन्द गरिएका छन् ।

गोल्डम्यानका अनुसार हवाई यात्रामा कमीका साथै धेरै मुलुकमा लकडाउनको अवस्था रहेकाले हवाई इन्धन र ग्यासको मागमा कमी आउन थालेको छ । गोल्डम्यानका विश्लेषकहरुको भनाईमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल २० अमेरिकी डलरको आसपास आइपुग्नेछ ।

हाल विश्व बजारमा कच्चा तेलको मूल्य सालाखाला २९ डलर छ । अझ, अमेरिकी तेलको मूल्य २० डलरभन्दा न्यून हुनेछ । बिहीबार विहान अमेरिकी कच्चा तेलको मूल्य २३.७० डलर कायम भएको छ ।

मार्च महिनामा विश्वभर तेलको माग प्रतिदिन १ करोड ५ लाख ब्यारेलले घट्नेछ भने अप्रिलमा प्रतिदिन १ करोड ८७ लाख ब्यारेलले कमी आउनेछ । यस्तो अवस्थामा ओपेक र रसियाले तेल उत्पादनमा कटौती गर्ने सम्भावना पनि छ ।