९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनमा भएको दमन र आगजनी घटनाको छानबिन गर्न बनेको आयोगका पदाधिकारीहरूलाई काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दर्ता गरेका हुन् ।

ढकालले कार्की र शर्मामाथि घटनाबारे सार्वजनिक रूपमा धारणा दिएको कारण पूर्वाग्रही भएको आरोप लगाउँदै अन्तरिम आदेशमार्फत उनीहरूलाई काम गर्न रोक लगाउन माग गरेका छन् ।

रिटमा भण्डारीले पनि तटस्थता नदेखाएको उल्लेख गरिएको छ ।

सरकारले जेन–जी आन्दोलनपछिको जनधन क्षति छानबिनका लागि पूर्वविशेष अदालत अध्यक्ष कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो, जसको सचिवालय पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको छ ।