२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनमा भएको दमन र आगजनी घटनाको छानबिन गर्न बनेको आयोगका पदाधिकारीहरूलाई काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दर्ता गरेका हुन् ।

ढकालले कार्की र शर्मामाथि घटनाबारे सार्वजनिक रूपमा धारणा दिएको कारण पूर्वाग्रही भएको आरोप लगाउँदै अन्तरिम आदेशमार्फत उनीहरूलाई काम गर्न रोक लगाउन माग गरेका छन् ।

रिटमा भण्डारीले पनि तटस्थता नदेखाएको उल्लेख गरिएको छ ।

सरकारले जेन–जी आन्दोलनपछिको जनधन क्षति छानबिनका लागि पूर्वविशेष अदालत अध्यक्ष कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो, जसको सचिवालय पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको छ ।