५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा बस र सुमो ठक्कर खाँदा तीनको मृत्यु



अ+ अ-

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मृतकको नामथर वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकामा तीनको मृत्यु भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । 

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एकआपसमा ठक्कर खाएको थियो । घाइतेमध्ये नौलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो । 

दुर्घटनामा घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापामगर, सोही ठाउँका १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ । 

यसैगरी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका छन् ।