२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको विश्वब्यापी माहामारी र नेपाल सरकारको लाचारपन



अ+ अ-

सजिव ढकाल । विश्वभर एक प्राण घातक माहामरीको रुपमा फैलिरहेको कोरोना भाइरस एउटा मानवजातीका लागि प्रश्न बाचक चिन्ह भएर प्रस्तुत भएर खडा भै रहदा विश्वका हरेक सुबिधा र श्रोत साधनले शत्ती सम्पन्न रास्ट्रहरु नै हालकायलको अवस्थामा रहदा बर्तमान नेपाल सरकारको तर्फबाट यश माहामारी को न्युनिकरण तथा रोक थामका लागि जनताको अँखामा छारो हाल्ने काम बाहेका कुनै स्पस्ट रिज्लट आउने ठोस कदम उठाउन सकेको देखिदैन ।

जनताको आम स्वास्थ अवस्थाको कुरामा किन नहोस या दैनिक जनजिबिकाको सवालमा किन नहोस सरकरका तर्फबाट चरम लापरबाही भै रहेको स्पस्ट अनुभव गर्न सकिन्छ, विश्वभर कोरोना भाईसबाट २७ हजार मानीसहरुको ज्यान लिइसकेको बेला नेपाल सरकारले लक डाउनको अवस्थामा देश एउटा बिपत्तको अवस्था बाट गुज्रिरहेको बेला जनताको जिउ धनको जिम्मेवारी बोकेको सरकार कोरोना नियन्त्रणका लागि जनताको उपचार गर्छु भनेता पनि कोरोना बाहेक अरु कुनै बिरामी भएर हस्पिटल बिरामीहरु जाँदै गर्दा पनि प्रसासनकै सामु हस्पिटलहरुले निरीह भएर उपचारका लागि बिरामीलाई हस्पिटलको गेट बाट नै फिर्ता गर्नु यो काहा सम्मको लाचारीपन र चरम लापरबाही प्रवृत्ति हो ।

राज्यले के कुनै कम्पानी प्रा.लिका नाममा राज्य लाई नाफा हुन्छ भने जनताको स्वस्थ जिउ धनको ब्यपार गर्ने देशमा आम श्रमजिबी जनता तथा विद्यार्थीहरु भोक भोकै रहदा तमाम कालो बजारी गर्ने ब्यपारि तथा सरोकार वाला कम्पनी लाई चेतावनी मात्र दिने कि सरकार कर्बाही गरेर पनि देखाउने त चड पर्व आओस यिनै जनता मारमा पर्नु पर्ने यिनै जनता ठगिनु पर्ने, नाका बन्दी होस यिनै जनता पिल्सिनु पर्ने भुकप रोग ब्याद जस्ता आपद बिपत आओस यिनै जनता सधै चपेटामा पर्नु पर्ने, र मरिरहनु पर्ने सरकार र प्रशासन मुख दर्सक भएर टवल्ल हेरिरहने ? कोरोनाले विश्व त्राहिमाम भएको छ देश लक डाउन छ देश मात्र होइन सिङो बिस्वनै स्तब्ध र सुनसान रहेको छ ।

नेपालको कुनै एउटा दुरदराज गाउँ बस्तीको मानिस बिरामी हुन्छ यातायात सुबिधा सम्म घन्टौ हिडेर जान पर्छ यदि पुगि हाले पनि बिरामी बोक्ने साधन भेटिने कुनै निश्चित निकाय निर्धारण गरिएको छैन जसोतसो यातायत जनस्तर बाटै ल्याए हस्पिटलहरुले बिरामी भर्ना लिने अवस्था छैन सक्रमण भएकै अवस्थामा पनि सुबिधा सम्पन्न सहर संघिय राजधानि या देशको १,२ ठाउँ बाहेक यस्को टेस्ट सम्भव देखिदैन । विश्वभर माहामारीले मानिसहरु मारी रहदा राज्यले के हेरेर बसि रहेको थियो बेलैमा यस्ता अत्यावश्यक स्वस्थ सामाग्री, खाद्यान्न, यातायात साधान र दैनिक उपभोग्य बस्तुहरुमा सहजता ल्याउन लाई प्रभकारी पुर्व तयारी नगरी राज्य मुख दर्शक भएर बसिरहनु लज्जास्पद कुरा हो ।

आम मानिसहरु जीवन र मरणको दोसाघमा संघर्ष गरि रहदा हवाई टिजटमा कालो बाजारी गर्ने, गाडी भाडामा कालोबजारी गर्ने, खाद्य बस्तुहरुमा कालो बजारी गर्ने, स्वास्थ सामाग्रीमा कालो बजारी गर्ने, तरकारी तथा फलफूलमा कालो बजारी गर्ने हुदा हुदा राज्यको प्रत्यक्ष लगानीमा रहेको सेवा प्रदायक कम्पनिहरु विभिन्न बाहानामा ग्राहाक या उपभोक्तलाई जे भने नि आम जनताहरुलाइ ठगी गर्ने जस्तै एन सेल र नेपाल टेलिकम, बिधुत प्राधिकरण जस्ता कम्पनी सरकारले तत्कालै यस्ता कुराहरुमा सुधार ल्याउदैन भने देश एउटा माहा सकटमा पर्दै माफिया र ब्रोकरहरुको चगुल बाट निर्देसित नभई सरकार आम नेपालीहरुको बारेमा सोचन आग्रह गर्न चाहान्छु !

लेखक ढकाल इलाम-काठमाडौं सम्पर्क समितीका अध्यक्ष र नेविसंघ आर.आर इकाई सभापति हुन् ।




भर्खरै