३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयुक्त सगुनशमशेर राणाले प्रश्तावित निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पारित भए निर्वाचन प्रणालीमा देखिएका करिव ९० प्रतिशत समस्या समाधान हुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएको जानकारी दिँदै उक्त विधेयक, २०८४ सालको प्रदेश र स्थानीय तह निर्वाचनभन्दा पहिले पारित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा समेत निर्वाचनसम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयक गृहमा पठाएको भएपनि संसदमा पेश हुनै नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब छिट्टै २०८४ सालमा प्रदेश र स्थानीय तहको निर्वाचन आउँदैछ । उक्त निर्वाचनको तयारीस्वरुप हामीले कानून बनाउनुपर्छ । अहिले भर्खरै पनि हामीले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएका छौँ । विगत पनि पठाएका थियौँ, संसदमा जान सकेन । यो पटक संसदबाट पास हुने विश्वास छ । यो विधेयक पास भयो भने अहिलेको निर्वाचनसम्बन्धीका ९० प्रतिशत समस्या हल गर्छ । हामीले त उहिल्यै विधेयकको मस्यौदा पठाएको हो भएन । यो पटक विधेयकमाथि विचार विमर्श भइदियोस् भन्ने हाम्रो कामना छ ।’

उहाँले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विभिन्न कोणबाट ऐतिहासिक भएको पनि बताउनु भयो । उहाँले निर्वाचनको क्रममा दलहरुले भौतिक रुपमाभन्दा बढी सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहित उल्लङ्घन गरेको समेत बताउनु भयो ।