३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’



अ+ अ-

काठमाडाैँ । ललितपुरको बखुन्डोलस्थित नेपालको पहिलो शुन्य फोहोर अवधारणामा आधारित ‘जेरो क्याफे’ले विश्व वातावरण दिवसको उपलक्ष्यमा प्लास्टिकजन्य फोहोर रिसाइकलसम्बन्धी कक्षाहरु सञ्चालन गरेको छ ।

शुक्रवार विश्व वातावरण दिवसको अवसरमा क्याफेले स्थानीय उत्पादनको प्रयोग गर्दै फोहोर न्युनिकरण अभियानलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो ।

क्याफेका सञ्चालन नविन विकास महर्जनले क्याफेमा प्लास्टिकजन्य फोहोरलाई रिसाइकल गर्ने उपकरणहरु राखिएको बताउनु भयो ।  महर्जनले ग्राहकले आफूसँग रहेको प्लास्टिकजन्य फोहोर ल्याएर रिसाइकल गरी विभिन्न उपयोगी सामग्री बनाउनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज विश्व वातावरण दिवसको उपलक्ष्यमा काम गरेर देखाउने उद्देश्यले यो जेरो क्याफे खोलेका हौँ । अहिले शहरमा प्लास्टिक फोहोर एकदमै बढेको छ । यदि हाम्रोमा कसैले प्लाष्टिक लिएर आयो भने हामी कहाँ रहेका मेसिनमार्फत राम्रो सामान बनाएर लैजान सकिन्छ ।’

उहाँले पछिल्लो समय शहरी क्षेत्रमा प्लास्टिकजन्य फोहोरको समस्या बढ्दै गएको भन्दै त्यसको न्यूनिकरणको पहल स्वरुप क्याफे सञ्चालनमा ल्याइएको समेत बताउनु भयो ।