५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन

काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त शहर बनाउने अभियानअन्तर्गत हालसम्म २ हजार ४२१ जना सडक मानवको उद्धार गरेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा सडकमा जीवनयापन गरिरहेका व्यक्तिहरूको उद्धार, संरक्षण तथा पुनःस्थापनाको काम निरन्तर भइरहेको जानकारी दिएको हो।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार २०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ गतेसम्म उद्धार गरिएका २ हजार ४२१ जनामध्ये १ हजार ५७१ पुरुष र ८५० महिला रहेका छन्।

उद्धार गरिएकामध्ये उमेर समूहअनुसार ५ वर्षसम्मका १० बालबालिका, ६ देखि १७ वर्ष उमेर समूहका ६३ जना, १८ देखि ३९ वर्ष समूहका ६५३ जना, ४० देखि ५९ वर्ष उमेर समूहका ८५४ जना तथा ६० वर्षमाथिका ८४१ जना रहेका छन्।

महानगरका अनुसार उद्धारपछि ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ, जसमा ४९४ पुरुष र ३८९ महिला रहेका छन्। त्यसैगरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ, जसमा ३४७ पुरुष र १८७ महिला छन्।

प्रवक्ता मानन्धरले उद्धारपश्चात आश्रममै बसोबासका क्रममा ३२३ जनाको निधन भएको जानकारी पनि दिनुभयो। हाल मानव सेवा आश्रममा २०७ पुरुष र १३७ महिला गरी ३४४ जना आश्रित रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार उद्धार गरिएकामध्ये केही व्यक्तिहरूले आयआर्जनको माध्यमका रूपमा माग्ने कार्यलाई पेशा बनाएको समेत पाइएको छ।

काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७६ साल मंसिर २९ गतेदेखि ‘सडक मानवमुक्त काठमाडौं’ अभियान सुरु गरेको थियो। महानगरले उक्त अभियानलाई निरन्तरता दिँदै सडकमा रहेका असहाय तथा बेवारिसे व्यक्तिहरूको उद्धार, संरक्षण र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।