५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन

रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
अ+ अ-

काठमाडौं । नेपाल सरकारले रासायनिक मलको वितरण तथा व्यवस्थापनसम्बन्धी किसानका गुनासा सुनुवाइ गर्न सबै प्रदेशका सम्बन्धित मन्त्रालयलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले सचिवस्तरीय निर्णयअनुसार सातै प्रदेशका कृषि तथा सहकारीसम्बन्धी मन्त्रालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा मल आपूर्ति र वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन यो व्यवस्था गर्न लागेको हो।

हाल देशभर विभिन्न मल वितरक कम्पनीमार्फत रासायनिक मल बिक्री तथा वितरण भइरहेको उल्लेख गर्दै मन्त्रालयले अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार प्रदेश मन्त्रालयहरूको भूमिका महत्वपूर्ण रहेको जनाएको छ।

पत्रमा प्रदेश मन्त्रालयहरूलाई रासायनिक मल वितरण तथा व्यवस्थापनसम्बन्धी किसानका गुनासा सम्बोधनका लागि एक जना सम्पर्क व्यक्ति तोकी त्यसको विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न तथा संघीय कृषि, वन तथा वातावरण मन्त्रालयलाई समेत जानकारी गराउन अनुरोध गरिएको छ।