२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित एक नेपाली खतरा मुक्त, जसले लेखे यस्तो मार्मिक सन्देश



अ+ अ-

न्यूयोर्क। कोरोना भाइरसबाट संक्रमित शम्भु मोक्तानले आफु उक्त भाइरसको खतराबाट मुक्त भएको जनाएका छन् । न्यूयोर्कमा बसोवास गर्दै आइरहेका मोक्तानले शनिवार राती अस्पतालको कक्षबाट आफ्नो फेसबुक वालमा सो कुरा उल्लेख गरेका हुन् ।

मोक्तानले आफु जनताहरुको आशिर्वाद र प्रार्थनाले खतराबाट मुक्त भएको र चिकित्सकहरुले भोली (आईतबार) डिस्चार्ज गर्ने बताएका हुन् । न्यूयोर्कमा भिडियोग्राफीको व्यवसाय गर्दै आएका मोक्तान कोरोना संक्रमण देखा परेपछि विगत केही दिनदेखि अस्पतालमा उपचाररत थिए । उनी आफैंले फेसबुक मार्फत आफु कष्टमा रहेको भन्दै स्टाटस अपडेट गरेका थिए ।

शनिवार रातीको स्टाटसमा उनले आफुलाई माया गर्ने,सहयोग गर्ने र आशिर्वाद दिने सबैलाई धन्यवाद दिएका छन् र आफु घर फर्किएपछि आफ्नो अनुभव शेयर गर्ने बताएका छन् ।

यस्तै न्यूयोर्कमा नै अस्पतालमा उपचार गराइरहेका अर्का नेपाली जीवम बमको पनि स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको बुझिएको छ । कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सुदूरपश्चिम समाज,अमेरिकाका महासचिव समेत रहेका र न्यूयोर्कमा रेष्टुरेन्ट व्यवसाय गर्दै परिवारसहित बस्दै आएका बम स्वयंले यसबाट सतर्क रहन अरुलाई सहज होस् भनेर आफु संक्रमित भएको जानकारी नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टमार्फत सार्वजनिक गराएका थिए । न्यूयोर्कमा अन्य कतिपय नेपालीहरुमा पनि यसको संक्रमण देखिएको अनुमान छ ।