१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपाल आइपुगे



अ+ अ-

काठमाडौं । अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले दिएका मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपालस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले बताए। ज्याक माले दिने भनेका अन्य स्वास्थ्य सामग्री पनि क्रमशः आउने उनले जानकारी दिए।

ज्याक माले दिएका मास्कको मूल्य १० लाख ८४ हजार एक सय ६४ चिनियाँ युआन (एक करोड ८३ लाख ८४ हजार रुपैयाँ)रहेको छ।

मास्कसँगै ज्याक माले कोरोना परीक्षण गर्ने किट पनि नेपाल पठाएका छन्। उनले पठाएका २० हजार ६४ वटा किट पनि नेपाल आइपुगेका छन्। ती किटको मूल्य ९ लाख १४ हजार ६ सय ९१ युआन (एक करोड ५५ लाख १० हजार रुपैयाँ) पर्छ।