२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष



अ+ अ-

काठमाडौं । सरकारले चैत ११ देखि लागू भएको लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ। आईतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले सो निष्कर्ष निकालेको हो।

बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ।

यस्तै नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।

लक डाउन थप र राहतबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ।