२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसले करिब ३४ हजारको ज्यान लियो, ७ लाखभन्दा बढी संक्रमित



अ+ अ-


काठमाडौं । कोरोना भाइरस कोभिड–१९ ले अहिलेसम्म विश्वका ३३ हजार ९५६ जनाको ज्यान लिएको छ । साथै यस भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७ लाख २१ हजार ३३० रहेको छ ।

यस संक्रमणबाट आजसम्ममा २६ हजार ७८९ जना गम्भीर स्वास्थ्य अवस्थाका बीच अस्पतालमा उपचाररत रहेका छन् । यस संक्रमणबाट १ लाख ५१ हजार जना भने निको भएर घर फर्र्किएका छन् । यस भाइरसबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ४१ हजार ८१२ जना भएका छन् । आइतबार मात्रै १८ हजार २३४ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ हजार ४७५ पुगेको छ । २५५ जना नयाँ मृतक हुन् ।

यस भाइरसका कारण इटालीमा ९७ हजार ६८९ संक्रमित भएका छन् । ५ हजार २१७ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या १० हजार ७७९ पगेको छ । ७५६ नयाँ मृतक हुन् ।

चीनमा भने नयाँ संक्रमित र मृतक थपिएका छैनन् । ८१ हजार ४३९ संक्रमित हुँदा ३३ सयको ज्यान गएको छ । स्पेनमा ८० हजार ११० जना संक्रमित भएकामा ६ हजार ८०३ जनाको ज्यान गएको छ ।

उता जर्मनीमा पनि पछिल्लो समयमा संक्रमित हुनेको संख्या बढ्दै गएको छ । त्यहाँ ६२ हजार ९५ जना संक्रमित भएकामा ५४१ जनाको ज्यान गएको छ । फ्रान्समा २६ सय ६, इरानमा २६ सय ४०, बेलायतमा १२२८, स्वीटजरल्याण्डमा ३००, नेदरल्याण्डमा ७७१, बेल्जियममा ४३१, दक्षिण कोरियामा १५२, टर्कीमा १३१, अष्ट्रियामा ८६, क्यानडामा ६५, पोर्चुगलमा ११९, नर्वेमा २५, ब्राजिलमा १३६, इजरेलमा १५, स्वीडेनमा ११०, आयरल्यान्डमा ४६, मलेसियामा ३५, डेनमार्कमा ७२, चिलीमा ७ जनाको ज्यान गएको छ । जापानमा ५४ जनाको ज्यान गएको छ ।

दक्षिण एसियामा भारतमा २७, पाकिस्तानमा १४, अफगानिस्तानमा ४, श्रीलंकामा १ जनाको ज्यान गएको छ ।

साथै यस संक्रमणबाट बंगलादेशमा ४८, माल्दिभ्समा १७, नेपालमा ५ र भुटानमा ४ जना संक्रमित भएका समाचारमा जनाइएको छ ।