२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सिमा क्षेत्रमा सयौ नेपाली अलपत्र, खुला आकाशमुनि भोकभोकै बस्न बाध्य



अ+ अ-

काठमाडौं । सरकारले सीमा बन्द गरेपछि भारतीय भूमि धार्चुलामा सयौ नेपाली अलपत्र परेका छन् । भारतको मिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका ४५० बढी नेपाली अलपत्र परेका हुन् ।

अलपत्र नेपालीहरुले ३ दिनदेखि नेपाल प्रवेश पाउनुपर्ने भन्दै महाकाली पुलपारि नाराबाजी गरिरहेका छन् । लकडाउनपछि फर्किएका ४५० बढी नेपाली नेपालपारि धार्चुलामा रोकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले स्वीकारेका हुन् । प्रजिअ पौडेलका अनुसार सीमापारि फसिरहेकामा दार्चुलाका अलावा बैतडी, बझाङलगायत नागरिक छन् । जिल्लाका फर्किएका नेपालीका लागि आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्था नहुँदा चाहेर पनि तिनलाई प्रवेश दिन नसकिएको उनले बताए ।

फर्किएकाको व्यवस्थापनको पाटो क्लियर भएपछि नेपालतर्फ प्रवेश दिने तयारी प्रशासनको छ । त्यसका लागि सोमबार बिहान १० बजे जिल्लाका सरोकारवालासँग छलफल गर्न लागिएको जानकारी प्रजिअ पौडेलले दिए ।

दर्जनौंको संख्यामा सीमापारि अलपत्र परेपछि उनीहरूले प्रवेश पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । सीमामा रोकिएका नेपालीले खुला आकाशमुनि खाली पेट घण्टौं बिताएको गुनासोसमेत गरेका छन् । तर, प्रजिअ पौडेल भारतीय पक्षले खानपान र बसोबासको व्यवस्था मिलाएको बताउँछन् ।