७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो



अ+ अ-

काठमाडौँ । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

काठमाडौंको न्युरोड, ललितपुरको पाटन लगायतका क्षेत्रमा तिहारको भाइटिकाका लागि ढाका टोपीको व्यापार हुने गरेको थियो । यस वर्ष गत वर्षजस्तो टोपीको व्यापार नभएको उनीहरुको गुनासो छ । सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएपनि जेनजी आन्दोलनको कारण धेरै शोकमा परेको हुँदा सोचेजस्तो व्यापार हुन नपाएको एक व्यवसायीले गुनासो गर्नुभयो ।

आन्दोलनले गर्दा देश शोकमा परेको कारण पनि ढाका टोपीको व्यापार सुस्ताएको उहाँको भनाइ छ । काठमाडौंको न्युरोड, ललितपुरको पाटन, इन्द्रचोक, असन, ठमेललगायतका प्रमुख बजार क्षेत्रमा तिहारको भाइटिकाको अवसरमा ढाका टोपीको व्यापार विगतमा निकै फस्टाउने गरेको थियो । तर यस पटक गत वर्षको तुलनामा टोपीको व्यापार निकै कमजोर भएको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा ढाका टोपी सांस्कृतिक पहिचानको एक महत्वपूर्ण हिस्सा मानिन्छ । दशैँ, तिहार, विवाह, व्रतवन्ध, तीज, छठलगायतका चाडपर्व र उत्सवहरूमा ढाका टोपीको प्रयोग व्यापक रूपमा हुने गर्छ । विशेषगरी तिहारको भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप ढाका टोपी दिने प्रचलनले यो समयमा टोपीको माग उच्च हुने गरेको छ । यद्यपि, यस वर्ष बजारमा सर्वसाधारणले सहजै खरिद गर्न सकिने गरी सस्तो मूल्यमा विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपीहरू उपलब्ध भएपनि व्यापारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । एउटा प्रमुख कारणको रूपमा व्यवसायीहरूले हालैको जेन—जी आन्दोलनलाई औंल्याएका छन्। आन्दोलनका कारण देशमा शोकको माहोल सिर्जना भएको र यसले उपभोक्ताहरूको मनोविज्ञानमा प्रभाव पारेको उनीहरूको बुझाइ छ ।

नेपालमा चाडपर्व दशैँ–तिहार, विवाह, व्रतवन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।