८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो
अ+ अ-

काठमाडौँ । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

काठमाडौंको न्युरोड, ललितपुरको पाटन लगायतका क्षेत्रमा तिहारको भाइटिकाका लागि ढाका टोपीको व्यापार हुने गरेको थियो । यस वर्ष गत वर्षजस्तो टोपीको व्यापार नभएको उनीहरुको गुनासो छ । सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएपनि जेनजी आन्दोलनको कारण धेरै शोकमा परेको हुँदा सोचेजस्तो व्यापार हुन नपाएको एक व्यवसायीले गुनासो गर्नुभयो ।

आन्दोलनले गर्दा देश शोकमा परेको कारण पनि ढाका टोपीको व्यापार सुस्ताएको उहाँको भनाइ छ । काठमाडौंको न्युरोड, ललितपुरको पाटन, इन्द्रचोक, असन, ठमेललगायतका प्रमुख बजार क्षेत्रमा तिहारको भाइटिकाको अवसरमा ढाका टोपीको व्यापार विगतमा निकै फस्टाउने गरेको थियो । तर यस पटक गत वर्षको तुलनामा टोपीको व्यापार निकै कमजोर भएको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा ढाका टोपी सांस्कृतिक पहिचानको एक महत्वपूर्ण हिस्सा मानिन्छ । दशैँ, तिहार, विवाह, व्रतवन्ध, तीज, छठलगायतका चाडपर्व र उत्सवहरूमा ढाका टोपीको प्रयोग व्यापक रूपमा हुने गर्छ । विशेषगरी तिहारको भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप ढाका टोपी दिने प्रचलनले यो समयमा टोपीको माग उच्च हुने गरेको छ । यद्यपि, यस वर्ष बजारमा सर्वसाधारणले सहजै खरिद गर्न सकिने गरी सस्तो मूल्यमा विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपीहरू उपलब्ध भएपनि व्यापारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । एउटा प्रमुख कारणको रूपमा व्यवसायीहरूले हालैको जेन—जी आन्दोलनलाई औंल्याएका छन्। आन्दोलनका कारण देशमा शोकको माहोल सिर्जना भएको र यसले उपभोक्ताहरूको मनोविज्ञानमा प्रभाव पारेको उनीहरूको बुझाइ छ ।

नेपालमा चाडपर्व दशैँ–तिहार, विवाह, व्रतवन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।