३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
अ+ अ-

धरान, (सुनसरी) । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ ।

धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “बिहान र साँझ उपभोक्त बढी आउछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन् । अहिले दैनिक रु १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ ।”

अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन् । दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ ।

धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन् । मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ । दैनिक रु २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन् ।

तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ । किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ । बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ । दसैँपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडसँगै फूल माला, रङ र उज्यालो पर्वका रूपमा लिने गरिन्छ ।

बत्ती व्यापारी निरज कोइरालाले भन्नुभयो, “पछिल्लो समय परम्परागत दियो बाल्ने चलन लोप हुँदै गएको छ । आधुनिक झिलिमिली बत्तीको माग बढी हुने भएकाले अहिले बिक्री बढी हुन्छ छ ।” बजारमा अहिले बिजुली ९इलेक्ट्रिक० पसलदेखि विभिन्न खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ । अन्य चाडपर्व र बिहेको याममा कम मात्र बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

धरानको मुख्य बजार, भानुचोक, सब्जी मन्दिर पुरानो बजारलगायत ठाउँमा बत्ती, फूल मालालगायत सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ । व्यापारीले तिहार आउन केही महिनाअघिदेखि झिलिमिली बत्ती बिक्री गर्नका लागि सामान ल्याइसकेका कोइरालाले बताउनुभयो ।

तिहार सुरु भएसँगै बजार सक्रिय भएको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गर्दा मनग्य आम्दानी जुटाउने अवसर पाएका सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले तिहारमा विशेष गरी सडकका पेटी र गल्लीमा पसल सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती भीड र सडक व्यवस्थापन हो । कहिलेकाहीँ भीडले पसल वरिपरि आवागमन कठिन बनाउँछ । यस्तो समयमा सङ्घले प्रशासनसँग मिलेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेका छौँ, जसले व्यापारीले आफ्नो व्यापार वृद्धि गर्नसक्ने अवसर पनि पाउँछन् ।”

सडकमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरेर ग्राहक र व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्न पहल भइरहेको उहाँले बताउनुभयो । बजार प्रचार, व्यवसाय वृद्धि तालिम र सहुलियतपूर्ण सहयोग कार्यक्रममार्फत व्यापार अवसर बढाउन र ग्राहकलाई सुविधा दिन सङ्घ सक्रिय रहेको उहाँको भनाइ छ ।

तिहारका अवसरमा सानासाना व्यापारीले धेरै मेहनत गरिरहेका छन् । यो समय सहरको सानो अर्थतन्त्र चलाउन महत्वपूर्ण छ । “ग्राहकको भीड बढ्दै गर्दा व्यापारीको उत्साह पनि बढ्छ र आफ्नो आम्दानी जुटाउन सकिरहेका छन्”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । रासस