२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एकको मृत्यु



अ+ अ-

नवलपुर । जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६६प ४६८३ नंको स्कुटर विनयी त्रिवेणी गाउँपालिका–१ को वन कार्यालय नजिकै दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीको ठाडा गाउँपालिका–३ घर भएका ३८ वर्षीय पदमबहादुर केसीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार मोटरसाइकल दुर्घटनामा गम्भीर भएका केसीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । स्कुटरको पछाडि बस्ने गुल्मीको रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय नेत्रबहादुर थापा क्षेत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटरको गति तीव्र भएका कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।