२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिरबाट आएकालाई गाउँ छिर्न बन्देज



अ+ अ-

डडेल्धुरा । डडेल्धुरा अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् ।

भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताउनुभयो । अमरगढी नगरपालिका २ र ३ महाभारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन् ।

यस्तै परशुरामनगरपालिका – ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुनवितरण गरिएको हो ।