२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपा तालमा माछाको उत्पादन घट्यो



अ+ अ-

गण्डकी । कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ । रुपा ताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० हजार किलोग्राम उत्पादन घटेको हो ।

विगत २४ वर्षदेखि रुपा तालको संरक्षण र पुनःस्थापनामा संलग्न सहकारीले ताल संरक्षणसँगै माछाको संरक्षण र उपयोग गर्दै आएको छ । गत वर्ष सहकारीले विभिन्न जातका ४० हजार ८५ केजी माछा उत्पादन गरेकामा यस वर्ष घटेर २१ हजार ९१० केजी मात्रै उत्पादन भएको हो ।

माछा उत्पादनमा कमी आएसँगै सहकारीको आम्दानीमा पनि ठूलो असर परेको सहकारीका निवर्तमान अध्यक्ष शिवराज अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार गत वर्ष रु एक करोड ७१ लाख ९७ हजार ६२४ बराबरको माछा बिक्री भएकामा यस वर्ष रु एक करोड आठ लाख ४६ हजार ९६६ बराबरको माछा बिक्री भएको छ ।

अघिल्लो वर्षको तुलनामा करिब रु ६० लाखको आम्दानी घटेको र यसमा वातावरणीय प्रभाव तथा चराको प्रकोप नै मुख्य कारण रहेको उहाँको बुझाइ छ ।

रुपा तालमा विशेषतः जाडोको समयमा आउने जलेवा चरा माछा उत्पादनमा कमी आउनुको प्रमुख कारक मानिएको छ । “हरेक वर्ष कात्तिकदेखि तीन/चार महिनाको समयमा रुपा तालमा जलेवा चरा आउने गरेका छन् । हरेक याममा १५० देखि २५० को सङ्ख्यामा यी चरा आउने गरेका छन्”, निवर्तमान अध्यक्ष अधिकारीको भनाइ छ ।

जाडो याममा आउने जलेवाको बासस्थान भने पोखराको फेवाताल किनाराको रानीवन हो । रानीवनबाट बिहान ७ः०० बजेतिर समूहमा आउने यी चरा दिनभर रुपा तालमा बसेर बेलुका पुनः रानीवन नै फर्कने गरेका छन् । अधिकारीका अनुसार यसरी आउने चराले करिब ९ः०० बजेसम्म माछा खाएर दिनभरि ताल किनाराका रुखका मुडा तथा ठुटामा बस्ने गर्दछन् ।

विगतका वर्षमा असोजरकात्तिकको समयमा मात्र माछाका भुरा छोड्ने गरेकामा जलेवाको प्रकोपलाई दृष्टिगत गरी माघ/फागुनको समयमा पनि भुरा छोड्न थालिएको छ । जलेवाले सकेसम्म भुरा माछा नै खाने भएकाले असोज कात्तिकमा केही मात्रामा छोडे पनि पुनः माघ फागुनमा पनि छोड्न थालिएको अधिकारीले जानकारी दिनुुभयो ।

पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले माछाको सिकार गर्ने जलेवा सानो र ठूलो दुई प्रजातिको हुने र सानो जलेवाले समूहमा आएर साना माछा मात्रै खानसक्ने बताउनुभयो । ठूलो जलेवाले भने ठूला माछाको पनि आहारा गर्ने गरेको उहाँले सुनाउनुभयो ।

पोखरा र आसपासका जलाशयमा गरिएको पन्छी गणनाबाट हालसम्म १०६ प्रजातिका जलचरा अभिलेख गरिएको उहाँले जानकारी दिनुभयो । “हिउँदको समयमा जलचरा विशेषतः साइवेरिया, मङ्गोलियाबाट यस क्षेत्रमा जाडो छल्न आउँछन् । कात्तिकदेखि आउने यी चराहरू माघसम्म यहाँ रहेर पुनः आफ्नै बासस्थान फर्कने गर्दछन्”, अध्यक्ष घिमिरेले बताउनुभयो ।

जलचराहरू पोखराका फेवाताल, कमलपोखरी तालसहित लेखनाथ क्षेत्रका बेगनास ताल, रुपा ताल, खास्टे ताल, गुँदे ताल, न्युरेनी ताल, मैदी ताल, दिपांग ताल आदिमा जाने गरेको छन् । पोखरा आसपासमा आउने ग्रीष्मकालीन चराहरू भने बच्चा कोरल्नका लागि आउने गरेको छन् ।

ग्रीष्मकालीन समयमा भारतीय उपमहाद्वीपको तल्लो तटीय क्षेत्रबाट गर्मी छल्नका लागि पनि चराहरू आउने गरेको पन्छी समाजले जनाएको छ ।

तालको संरक्षण र उपयोगको लक्ष्यका साथ विसं २०५८ मा ३६ जना अग्रजको पहलमा स्थापना भएको सहकारीले हालसम्म ताल क्षेत्रभित्र बसोबास गर्ने स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन निरन्तर प्रयास गर्दै आएको छ ।

‘एक घर, एक परिवार–समान सेयर, समान मुनाफा’ को नीतिअनुसार सहकारीले हाल एक हजार ४९ सेयर सदस्य समेट्दै रु चार करोड १८ लाख ४० हजारको सेयर पुँजी सङ्कलन गरिएको छ ।




भर्खरै