२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्किएकाको नाम खाेज्दै भरतपुर महानगर



अ+ अ-

चितवनः

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा वैदेशिक रोजगारबाट फर्किएकाको नाम सङ्कलन गरेको छ ।महानगरका २९ वटै वडामा सो तथ्याङ्क सङकलन गरिएको महानगर प्रमुख रेनु दाहालका स्वकीय सचिब गोपाल न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ दिन अघिदेखि महानगरमा आएकाको तथ्याङ्क लिइएको हो । उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आगह गरिएको न्यौपानले जानकारी दिनुभयो । यसका लागि महानगरपालिकाको समन्वयमा कोरोना अस्थायी अस्पताल समेत सञ्चालनमा ल्याइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार सो अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । ती मध्ये सबै भन्दा धेरै १०५ जना भारतबाट स्वदेश आएका महानगरको तथ्याङ्कले देखाएको छ । भारत पछि दुबई ३४, कतार २४ , अष्ट्रेलिया १४, साउदी अरब ९ जना रहेका छन् ।

वडा नं २१ मा सबैभन्दा धेरै ३१, वडा न १६ मा २६, वडा न २४ मा १७ जना वडा न ५ मा १४ जना वैदेशिक रोजगारबाट फर्किएका रहेका छन । अन्य वडामा पनि सोही अनुपातमा विदेशबाट नेपाल फर्किएका रहेका छन् ।