२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना फैलाएको त्यो धर्मसभामा सहभागी नेपाली को हुन् सरकार ?



अ+ अ-


काठमाडौं । यसै महिनाको सुरुबाट भारतको नयाँ दिल्लीमा भएको एक १५ दिन लामो सभामा कोरोना भाइरसका संक्रमितहरु सहभागी भएको र त्यसबाट यस भाइरसको संक्रमण फैलाउने काम भएको एक समाचार आएको छ । त्यही धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको सो समाचारमा जनाइएको छ ।

सो सभा मार्चको १ देखि १५ तारिखसम्म नयाँदिल्लीस्थित निजामुद्दिनको मर्कज बिल्डङमा भएको थियो । उक्त तबलीगी समुदायको धार्मिक सभापछि त्यहाँ यो प्रकोप फैलिएको नयाँ दिल्ली प्रशासनले जनाएको छ । सभामा करिव ८ हजार सहभागी रहेका र त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका भारतीय पत्रिकाले जनाएको छ । नेपालबाट पनि सोही सभामा सहभागी १९ जना नेपाली रहेको बताइएको छ ।

सरकारले त्यहाँ कोरोनाको संक्रमण फैलिन नदिन सभा सम्मेलन गर्न रोक लगाएको थियो । तर पनि त्यसैबेला यो धार्मिक सभा भएको थियो । तर सभा भएको स्थान नजिकै पर्ने दक्षिण दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ ।दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

यस्तै तलंगना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

तर पनि सोही धार्मिक सभामा नेपालबाट १९ जना सहभागी भएको खुलेको भए पनि उनीहरु भारतमै छन् कि नेपाल आए भन्ने बारेमा नेपालको सरकारले केही बताउन सकेको छैन । भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा २८१ जना विदेशी थिए, जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, किर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलायत मुलुक छन् ।

ती नेपाली नेपाल आए कि भारतमै छन् ? नेपाल आएको भए उनीहरुको पहिचान गरेर क्वारेन्टाइनमा राखिएको छ कि छैन ? यस विषयमा सरकारले केही बताएको छैन ।