२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्याेग संचालनमा सहयाेग गर्न मजदूरहरूलाई महासंघकाे अपिल



अ+ अ-

काठमाडाैंः

नेपाल उद्योग वाणिज्य महासंघले काेराेना भाइरसका कारण विषम अवस्थामा अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुरयाउने कार्यमा सबै श्रमिक कामदारबाट सदाझै महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास लिएकाे छ ।

महासंघद्वारा जारी विज्ञप्तीमा सुरक्षाका सबै उपायहरू अवलम्वन गर्दै उत्पादन प्रकृया र आपूर्ति व्यवस्थापनमा सहभागी भई आजको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न सम्पूर्ण श्रमिक कामदार समक्ष अपिल गरिएकाे उल्लेख छ । साथै अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरिरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन महासंघ स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध समेत गर्दछ भनिएकाे छ ।

महासंघकाे विज्ञप्तीमा भनिएकाे छ, लगभग चार महिना अगाडीबाट शुरु भई महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगका कारण नेपाल सहित विश्वनै त्रासदीको अवस्थामा यतिखेर छ । यो संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखिनै लकडाउनको अवस्थामा छ । विपतको यस अवस्थामा हामी सवैले आ–आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न सक्यौ भने यो महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सकिने हाम्रो वलियो विश्वास छ ।

महासंघले अगाडि भनेकाे छ, यतिखेर मुलुकभित्र आर्थिक गतिविधि ठप्प छ । तथापी हामीले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिनै पर्छ । संकटको यस घडीमा अत्यावश्यक वस्तुहरू जस्तै खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुर्याउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत हुँदैन ।