१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

पुर्ब राजा शाहलाई पत्रकार बानीयाँको चिठ्ठी- ‘८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो’

पुर्ब राजा शाहलाई पत्रकार बानीयाँको चिठ्ठी- ‘८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो’
अ अ+ अ-

पुर्ब राजा ज्ञानेन्द्र शाहलाई मेरो चिठठी,

पुर्ब महाराज तपाईं र मेरो निवास नजिकै छ तर भेट हुँदैन। म कहिले काहीं घरको छतबाट तपाईंलाई देख्छु र के छ हालखबर भनेर सोध्नुपर्ला भनेर छतमा उक्लिन्छु पनि ।तपाईले मलाई टीभीमा देखेर चिन्नु भाकै छ होला भन्ने भ्रममा छु । मैले त २००७ सालदेखिको इतिहासमा तपाईलाई चिनेकै छु, मात्र तपाईले गद्दी छाडेको दिन तपाईको गद्दीमा बसेर सेल्फी खिच्ने पत्रकारको भिडमा म थिइन । मलाई तपाइको साच्चै माया लाग्छ । तपाईलाई ४ बर्षमा राजा बनाइयो, तपाईलाई थाहा नै थिएन किन बनाइयो,किन हटाइयो ?

तपाईलाई पन्चायत चलेको बेला खासै कसैले पुछेनन्,पुछ्न पनि परेन । तपाईं चुरोट,चिया लगायतको ब्यापारमा लाग्नु भो,कतिले मुर्ती पनि मिसाएर बिदेश तिर व्यापार गर्नुहुन्थ्यो भन्छन् । जब तपाईका दाजुको बंशनाश भो,तपाईं चर्चामा फेरि आउनुभो ।

कतिले दाइमारा भनेर चर्चा गरे कतिले राजा ? तपाईले देश चलाउने मौका पाउँदा मन चौधरीको जस्तो ब्यापारी,अनि इच्छा बाबू महेन्द्रको जस्तो महत्त्वकाँक्षी भएर चिप्लिनु भो । कम्तिमा दाजुको चार आना जमिन आफ्नो नाममा ल्याउने लोभ नगरी देश नै मेरो सम्पती अनि देशबासीनै मेरा सन्तान भनेको भए तात्कालिन सात दल बदामका ग्राहक हुन्थे,अनि माओवादी श्रीलंकाका तमिल । तर उद्दण्ड भनिएका पुत्र पारसको मोह धृतराष्ट्रका लागि दुर्योधन जस्तो भो ।

तर सलाम छ पुर्ब राजा, २४० बर्षको बिरासत छोड्दा पनि तपाईं हाँस्दै जानू भो । तपाईलाई यतिभन्दा फुट्दा तपाइले फुटाइदिएको र जुट्दा आफै भन्ने पुर्ब मण्डलेहरुलाई म पन्च र राजाबादी लाग्ला । अनि क्रान्तिकारीको नाममा जनता रुवाउन पल्केकालाई म प्रतिगमनकारी लाग्ला । म कम्तिमा पनि तपाईको निरंकुश चरित्रको विरुद्ध सडकमा निस्केको सचेत नागरिक हो । भ्रममा नपर्नु होला ।

पछिल्ला दिनमा तपाईं मन्दिर डुल्दा र डिस्कोमा टोपी लाएर रास्ट्रबादी बन्दा मलाई तपाईमाथी धिक्कार लागेको थियो । नेपाली आमाले नेता र राजा जन्माउने कोख एउटै रहेछ भन्ने पनि लाग्या थियो । धेरै हिजोका हात्तीछाप आजका बेन्ट्ले नेता र तपाईं उस्तै लागेको थियो । मलाई त नेताहरु जस्तै तपाईं पनि कोभिड -१९ भएर या आशन्कामा आइसोलेसनमा बसेकाले अनुहार देख्न नपाइएको होला जस्तो पनि लाग्या थियो ।

तर पुर्ब राजा, बीपी प्रजातन्त्रका घाती थिए भन्छन्,मलाई थाहा छैन । उनलाई इन्दिरा गान्धीले घोक्राउने भएसी राजासङ्ग घाँटी जोडिएको छ भनेर ३३ सालमा नेपाल आएका हुन् तर उनले राजा कम्तिमा नि रास्ट्रलाई माया गर्छन् भनेका थिए । हो रहेछ ।

प्रिय पुर्ब राजा, हिजै ब्यापारीबाट राजा बन्देको भए हामीलाई यस्तो नेता धनी र जनता गरिब हुने गणतन्त्र चाहिएको नै थिएन । हामीलाई एउटा राजाको ठाउँमा रजौटा चाहिएको नै थिएन । हामी यी दर्जनौलाई अर्बौं दिनु सट्टा तपाईलाई खुशी खुसी महिनाको चार करोड दिन्थ्यौ । आज तपाईले कोरोनाले रोइरहेका गरिबलाई २ करोड दिने भनेर फेरि नेता भन्दा माथी हुनु भाको छ। मलाई मैले भात खुवाएको आज भुजा खाने, हिजो चप्पलको तुना फेर्ने आज बतननै फेर्ने, हिजो जनै नलगाउने आज हिराको हार लगाउने,हिजो हिड्दा खुट्टा फुट्ने आज ८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पुर्ब राजा ।
उहीँ तपाईको भलो चाहने,
रास्ट्रबादी
बालाजु,माछापोखरी । २०७६ चैत्र १८ रोज ३ शुभम् ।।