२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस : अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो



अ+ अ-


काठमाडौँ । विश्वमा सबैभन्दा ठूलो संख्यामा संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छन्। अमेरिकामा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली राजदूतवासले बुधबार बिहान विज्ञप्ति प्रकाशन गरेर जनाएको छ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमण द्रुत रुपमा फैलिरहेको छ । यसबाट धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिएको अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले बताएको विज्ञप्तिमा जनाइएको छ।

राजदूत कार्कीले मंगलबार राति एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरेर अमेरिकामा रहेका नेपालीको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेको र त्यहाँका नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गरेको जानकारी दिएका हुन् ।

त्यसैगरी सो टेलिफोनमा राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना पनि व्यक्त गरेकी थिइन् । अमेरिकामा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको अपिलमा जनाइएको छ। अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ।

राजदूत कार्कीले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले गर्दा यात्रा अवरुद्व हुन गई भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा सङ्क्रमित भएका नेपालीको उपचारमा सहयोग गर्नका लागि नेपाल सरकारले निर्णय गरेअनुरुप अमेरिकी सरकारसमक्ष अनुरोध गरिएको जनाए।

दूतावासले गैरआवासीय नेपाली सङ्घ अमेरिकालगायत अमेरिकाका ५० राज्यमा रहेका १२६ सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित कन्फ्रेन्स कल गरी नेपालीको अवस्था र गर्नुपर्ने सहयोगका बारेमा छलफल गरीे आवश्यक लगत राख्ने काम थालिएको जनाएको छ ।

तर अमेरिकामा रहेका अधिकांश नेपालीहरुले भने त्यहाँको नेपाली दूताबासले कुनै सहयोग नगरेको गुनासो गरेका छन् । उनीहरुले यस्तो संकटको बेलामा पनि राजदूत कार्कीले मोबाइल फोन अफ गरेर बस्ने तथा दूताबासका कर्मचारीहरु पनि नेपालीलाई परेको समस्याका बेलामा सम्पर्कमै आउन नचाहने जनाएका छन् ।

अमेरिकामा केही नेपाली कोरोना भाइरसबाट संक्रमित भई अस्पतालमा उपचाररत रहेका छन् । एकजनाको भने यही संक्रमणबाट मृत्यु भएको छ ।