२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी फैलिए उपचारमा संलग्न चिकित्सकलाई राम्रो होटलमा राखिने



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोविड १९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राख्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा खाने र बस्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

उनले भने ‘हामीले उपचारमा संलग्न हुने सबैलाइ अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौँ ’ उनले भने ‘भोली यदी महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरीरहेका छौँ ।’

सरकारले यसअघि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उपचारमा संलग्न हुनेको निःशुल्क बीमा थप भत्ता लगायतका सुविधा दिने निर्णय गरसिकेको छ ।